०९ असार २०८३, मंगलबार

दक्षिणी ध्रुवमा चीनले धमाधम अखडा बनाउन थालेपछि पश्चिम सतर्क

बैशाख ६, २०८०
दक्षिणी ध्रुवमा चीनले धमाधम अखडा बनाउन थालेपछि पश्चिम सतर्क

चीनले दक्षिणी ध्रुवमा आफ्नो उपस्थिति बढाउँदै लगेको अमेरिकाको एक थिंकट्यांकले संकलन गरेको तस्वीरहरूले देखाएको छ । 

सन् २०१८ पछि पहिलोपटक चीनले त्यहाँ निर्माणको काम थालेको छ । 

हालैका वर्षमा बेइजिङले उत्तरी ध्रुवमा जहाजका नयाँ मार्ग बनाउन अनि दक्षिणी ध्रुवमा अनुसन्धानको दायरा फराकिलो पार्न प्रयास गरिरहेको छ । 

यसमार्फत चिनियाँ जनमुक्ति सेनालाई निगरानी क्षमता बढाउन सहज हुने भनी पश्चिमी सरकारहरूले चिन्ता व्यक्त गरेका छन् । 

रोस समुद्र नजिक इनएक्सप्रेसिबल टापुमा चीनले बनाएको नयाँ स्टेशनमा वेधशाला (अन्तरिक्ष हेर्ने ठाउँ) बनाएको देखिन्छ । यसले चीनलाई एन्टार्कटिका महादेशभरि पहुँच प्राप्त गर्नका लागि सहयोग गर्ने सेन्टर फर स्ट्राटेजिक यान्ड इन्टरनेशनल स्टडीज (सीएसआईएस) को प्रतिवेदनमा उल्लेख छ । 

सीएसआईएसले जनवरी महिनामा लिएको भूउपग्रहीय तस्वीरबाट नयाँ संरचनाको पहिचान गरेको हो । चीनले अस्थायी भवन, हेलिकप्टर प्याड र ठूलो मूल भवनको आधारशिला पनि बनाएको छ । उक्त भवन सन् २०२४ को अन्त्यसम्ममा तयार भइसक्नेछ । 

यस स्टेशनले अस्ट्रेलिया र न्युजील्यान्डबाट सिग्नल इन्टेलिजेन्स संकलन गर्नेछ । अस्ट्रेलियाको नयाँ आर्नहेम स्पेस सेन्टरबाट प्रक्षेपण गरिएका रकेटको टेलिमेट्री डेटा पनि यसले थाहा पाउनेछ । 

स्टेशन बनिसकेपछि चीनको स्वेलोङ आइसब्रेकर जहाजहरू अड्याउने घाट पनि तयार हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्