
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले आज उनको स्वास्थ्य लाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । राष्ट्रपति पौडेल उपचारका लागि आज भारत प्रस्थान गरेका हुन् ।
उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा आज दिउँसोदेखि सुरु भएको दूतावासले जनाएको छ ।