०९ साउन २०८३, शनिबार

आईपीएलमा राजस्थानलाई १० रनले हराउँदै लखनऊको जीत

बैशाख ७, २०८०
आईपीएलमा राजस्थानलाई १० रनले हराउँदै लखनऊको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई १० रनले हराउँदै लखनऊ सुपर जोइन्ट्सले जितेको छ ।

बुधवार राति भएको खेलमा शुरूमा ब्याटिङ गरेको लखनऊले प्रतिस्पर्धीसामु १५५ रनको लक्ष्य राखेको थियो । जवाफी ब्याटिङमा राजस्थानको टीम २० ओभर खेल्दै ६ विकेटमा १४४ रनमै सीमित भयो ।

हारका बाबजुद पनि अंकतालिकाको शीर्ष स्थानमा राजस्थान कायमै छ । लखनऊको खातामा पनि ६ खेलमा ८ अंक भए पनि रन रेटका आधारमा राजस्थान अगाडि छ ।

खेलमा लखनऊका मार्कसु स्टोइनिस ‘म्यान अफ द म्याच’ चुनिए । उनले खेलमा २१ रन बनाए भने २ विकेट लिए ।

राजस्थानका कप्तान सन्जू सेमसनले भने, ‘लक्ष्यको स्कोर धेरै ठूलो थिएन, हामीले जित्नुपर्ने थियो तर लखनऊले बलिङ राम्रो गर्‍यो ।’ लखनऊका कप्तान केएल राहुलले पनि आफ्नो टीमको बलिङको प्रशंसा गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्