२८ असार २०८३, आइतबार

बारामा एमालेको चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्दै

बारामा एमालेको चुनावी सभा, शीर्ष नेताले सम्बोधन गर्दै

बारा २ मा १० वैशाखमा हुने उपनिर्वाचनका लागि एमालेले बिहीबार अन्तिम चुनावी सभा गर्दैछ ।

बिहीबार मध्यरातबाटै उपनिर्वाचनको मौनअवधि लाग्ने भएपछि अन्तिम दिन एमालेले शीर्ष नेताको उपस्थितिमा चुनावी सभा गर्न लागेको हो । 

११ बजे एमालेले नेपाल–भारत सीमाको पचरौतामा दिउसो ३ बजे चुनावी सभा गर्न लागेको हो । 

सभालाई एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठसहितले सम्बोधन गर्दैछ । 

उपनिर्वाचनका एमालेले पोखरेललाई यस अघिदेखि नै यो क्षेत्रमा खटाएको छ । 

बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपाका उपेन्द्र यादव उठेका छन् । उनीविरुद्ध एमालेबाट पुरुषोत्तम पौडेल, जनमतबाट शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व डिआइजी रमेश खरेल प्रतिस्पर्धामा उत्रिएका छन् । 

यो क्षेत्रबाट जसपाबाट रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । 

salt training

कमेन्ट गर्नुहोस्