२८ असार २०८३, आइतबार

दोश्रो मेयर कप डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि रोहित र अभयलाई

दोश्रो मेयर कप डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि रोहित र अभयलाई

दोश्रो मेयर कप डबल्स ब्याडमिन्टनको उपाधि रोहित बराल र अभय महराले जितेका छन्।

कपिलवस्तु नगरपालिकाको आयोजना र जिल्ला ब्याडमिन्टन संघको समन्वयमा भएको उक्त प्रतियोगिता रोहित र अभयको जोडीले जितेको हो । 

रितेश थापा र मोहम्मद हुसेन २–० को सोझो सेटले पराजित भए ।   

यस्तै उक्त प्रतियोगितामा सुदीप श्रेष्ठ र सिद्धार्थ काजी तथा सुवाश कुँवर र ओम थारुले तेस्रो स्थान प्राप्त गरे । 

यस्तै यू–१७ छात्रातर्फ भने सविना परियार प्रथम, अनिशा थारु द्वितीय तथा रविना विष्ट र विपना केसी तेस्रो भइन् ।  

यू–१५ पुरुषतर्फ विवेश बस्नेतले पहिलो स्थान हात पारे । निखिल परियार दोस्रो हुँदा राज घिमिरे र विराट बस्नेत तेस्रो भएका हुन् ।  

त्यस्तै यू –१७ ब्वाइजतर्फ शिभम कसौधन प्रथम, मुनालसिंह क्षेत्री द्वितीय तथा सुदेश भुसाल र अरुण थारुले तेस्राे स्थान हात पारे ।  

प्रतियोगितामा विजयी खेलाडीहरूलाई प्रदेश सभा सदस्य सुधाकर पाण्डेले कप, मेडल र प्रमाणपत्र प्रदान गरे।     

वैशाख ४ देखि ६ गते सम्म चलेको उक्त प्रतियोगितामा १६ समूहले भाग लिएका थिए । विद्यालयतर्फबाट १० जनाले भाग लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्