२१ जेठ २०८३, बिहीबार

भारतबाट गैंडाको उद्धार

कात्तिक २०, २०७४
भारतबाट गैंडाको उद्धार

चितवन, १६ भदौ - चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनको प्राविधिक टोलीले आज भारतको वाल्मिकी टाइगर रिजर्वबाट एउटा वयस्क पोथी गैंडाको उद्धार गरेको छ ।

आज साँझ नियन्त्रणमा लिइएको गैंडा आजै चितवन ल्याइँदै गरेको उद्धार टोलीमा रहनुभएका निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

साँझ भारतबाट हिडाइएको गैंडा राति चितवनको रत्ननगरस्थित सौराहामा ल्याइपु¥याइने र शनिबार बिहान निकुञ्जमा छाडिने अर्यालले जानकारी दिनुभयो । यो सँगै भारतबाट उद्धार गरिएको यो सातौं गैंडा हो ।

salt training

कमेन्ट गर्नुहोस्