
नेपाल उद्योग वाणिज्य महासंघको नव निर्वाचित नेतृत्वले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको महासंघको टोलीले शुक्रवार प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको हो ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफलमा महासंघले वर्तमान आर्थिक समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो । महासंघ अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल उकास्नेगरी काम गर्न सरकारसँग आग्रह गरे ।
महासंघको तर्फबाट ढकालले सरकारलाई सरोकार पत्र बुझाएका छन् । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले सरकारको पहलकदमीबाट ब्याजदर घटेको र निजी क्षेत्रका अन्य मागपनि सम्वोधन गर्ने आश्वासन दिएका छन् ।