२१ असार २०८३, आइतबार

घाँस काट्न गएकी महिलालाई बाघले लगेपछि स्थानीयवासी त्रसित

घाँस काट्न गएकी महिलालाई बाघले लगेपछि स्थानीयवासी त्रसित

कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा बाघको आक्रमणमा परेकी एक महिलाको अवस्था अज्ञात छ ।
    
शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता भएकी हुन् । घटनापछि प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए । 

 बाघको आक्रमणपछि महिला बेपत्ता भएपछि स्थानीयवासी त्रसित छन् ।

salt training

कमेन्ट गर्नुहोस्