०२ असार २०८३, मंगलबार

ईदको बिदाबारे गृह मन्त्रालयले गरायो यस्तो जानकारी

ईदको बिदाबारे गृह मन्त्रालयले गरायो यस्तो जानकारी

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा गृह मन्त्रालयले यसबारे विज्ञप्तिमार्फत स्पष्ट गरेको छ ।  मुस्लिम आयोगले वैशाख ८ गते शुक्रबार चन्द्रमा देखिएमा ९ गते ईद उल फित्र मनाइने तथा ८ गते शुक्रबार चन्द्रमा नदेखिएमा रमजानको ३० औं दिन स्वतः व्रत सम्पन्न हुने भएकोले सोही बमोजिम सार्वजनिक विदाको घोषणाका लागि अनुरोध गरेको मन्त्रालयले जनाएको छ । 

सोहीअनुसार वैशाख ८ गते साँझ चन्द्रमा देखिएकोले आज वैशाख ९ गते शनिबार सार्वजनिक बिदाकै दिन ईद परेको भन्दै मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मालम्वीहरुमा शुभकामना व्यक्त गरेको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्