म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको अर्जम र बेनपा–२ ज्यामरुककोटको रानीवन सामुदायिक वनमा आज सल्किएको डढेलो साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
डढेलोले दुईवटै सामुदायिक वनको गरी करिब ३० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको स्थानीय पदम खड्काले जानकारी दिए । वैशाख महिना सुरु भएयता जिल्लाका विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले जिल्लामा एक सयभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।
गत आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा भएको भीषण आगलागी सोमबार साँझ नियन्त्रणमा आएको थियो । त्यसैगरी अघिल्लो शुक्रबारदेखि बेनी नगरपालिका–२ ज्यामरुककोटको सल्लेरी सामुदायिक वनमा र अर्थुङ्गे सामुदायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।