२३ असार २०८३, मंगलबार

म्यान्मारमा निर्वाचन अधिकृतको गोली हानी हत्या

बैशाख ९, २०८०
म्यान्मारमा निर्वाचन अधिकृतको गोली हानी हत्या

म्यान्मारको याङ्गुनमा विद्रोही लडाकूले शनिबार निर्वाचन आयोगका उपप्रमुखको गोली हानी हत्या गरेको सेनाले जनाएको छ ।

म्यान्मारको सेनाले दुई वर्षभन्दा बढी समयअघि सत्ता कब्जा गरेपछि यस कदमविरूद्ध असहमति व्यक्त गर्ने सर्वसाधारणमाथि समेत रक्तपातपूर्ण दमनको नेतृत्व गरेको छ । यो कदमले म्यान्मामा सामाजिक अशान्ति र आर्थिक सङ्कट निम्त्याएको छ । 

स्वघोषित नागरिक ‘पिपुल्स डिफेन्स फोर्सेज’ जुन्टाको विरोधमा खडा भएका छन् र उनीहरूका लडाकुहरूले सेनासँग काम गर्ने अधिकारीहरूलाई निशाना बनाएका छन् ।

सेनाको सञ्चार टोलीले जारी गरेको विज्ञप्तिमा केन्द्रीय निर्वाचन आयोगका उपनिर्देशक साई क्याव थुको पूर्वी याङ्गुनको थिङगायुन सहरमा गोली हानी हत्या गरिएको जनाइएको छ ।

सेनाले आक्रमणमा ‘पिपुल्स डिफेन्स फोर्सेज’ जिम्मेवार रहेको बताएको छ तर थप विवरण भने दिएको छैन ।

सेनाले सन् २०२१ को फेब्रुअरीमा नागरिक नेतृ आङ सान सुकीको निर्वाचित सरकारलाई अघिल्लो वर्षको चुनावमा धाँधली गरेको निराधार आरोप लगाउँदै अपदस्थ गरेको थियो ।

वर्तमान् जुन्टाको नेतृत्वमा रहेको सरकारले निर्वाचन आयोगलाई नयाँ निर्वाचन गर्ने जिम्मेवारी दिएको छ तर निर्वाचन आयोगका पदाधिकारी जुन्टा शासकप्रति वफादार रहेको दावी गर्दै विपक्षीहरूले स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्