०९ साउन २०८३, शनिबार

तनहुँ–१ उपनिर्वाचनमा २ उम्मेदवारले मात्रै मतदान गर्दै

बैशाख १०, २०८०
तनहुँ–१ उपनिर्वाचनमा २ उम्मेदवारले मात्रै मतदान गर्दै

तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा २ उम्मेदवारले मात्रै मतदान गर्ने भएका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्नेछन् ।

अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्नै लागि मतदान गर्न पाउने छैनन् ।

मतगणनाका लागि पनि गणनास्थलमा सीसी क्यामेरा जडान, तारबार गरिएको सहायक मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । ‘सबैलाई सहज हुने गरी मतगणनास्थलसमेत व्यवस्थित बनाएका छौं,’ उनले भने, ‘मतदान अधिकृतलाई मतपत्र र मतपेटिकालाई सुरक्षित बनाउन पनि आग्रह गरेका छौं ।’

विगतको निर्वाचनमा भन्दा म्यादी प्रहरी नहुने भएकाले  सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि १ हजार ३६८ कर्मचारी खटाइएको प्रमुख ढकालले बताए । उनका अनुसार तीमध्ये ७६० निर्वाचन कार्यालयबाट नियुक्ति लिएका छन् भने ६०८ जना स्वयंसेवक मतदान अधिकृतले नियुक्ति गरेका हुन् ।
 
निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टले बताए । नेपाल प्रहरी १ हजार ६०० जना परिचालन गरिएको उनले बताए ।

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सशस्त्र प्रहरी ४५० र नेपाली सेना ५०० गरी करीब २ हजार ५०० सुरक्षाकर्मी खटाइएको छ । उपनिर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेना रहनेछन् । तनहुँ–१ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहेका छन् । ३ वटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन् ।

निर्वाचनका लागि १५ केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको छ । तनहुँमा कांग्रेसका तर्फबाट भट्टराई, एमालेका खनाल, रास्वपाका वाग्लेसहित ९ दलका उम्मेदवार प्रतिस्पर्धामा छन् । तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्