२९ जेठ २०८३, शुक्रबार

सिंगापुरविरुद्ध विशाल योगफलतर्फ यूएई

बैशाख १०, २०८०
सिंगापुरविरुद्ध विशाल योगफलतर्फ यूएई

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह बीको खेलमा यूएई सिंगापुरविरुद्ध विशाल योगफलतर्फ अगाडि बढेको छ ।

कप्तान मोहम्मद वासिमले ८२ बलमा आक्रामक १६० रन बनाए ।  

वासिमले १६० रन बनाउने क्रममा १६ छक्का र ९ वटा चौका प्रहार गरेका छन् ।

भृत्य अरविन्दले पनि शतक प्रहार गरेका छन् । उनले १३ चौका र एक छक्का प्रहार गरे । 

यो समाचार तयार पार्दासम्म ३३ ओभर १ बलमा ५ विकेटको क्षतिमा यूएईले ३०३ रन बनाएको छ ।

अझै १७ ओभरको खेल बाँकी हुँदा यूएईले चार सय रन कटाउने देखिएको ।

salt training

कमेन्ट गर्नुहोस्