०२ साउन २०८३, शनिबार
उपनिर्वाचन

आचारसंहिता उल्लंघनमा रास्वपाले क्षमा माग्ने सहमतिपछि चितवनमा रोकिएको मतदान सुचारु

बैशाख १०, २०८०
आचारसंहिता उल्लंघनमा रास्वपाले क्षमा माग्ने सहमतिपछि चितवनमा रोकिएको मतदान सुचारु
प्रतीकात्मक तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचारसंहिता उल्लंघन गरेकोमा क्षमा माग्ने सहमति भएपछि चितवनको भोजाडस्थित नयाँ किरण मावि केन्द्रमा मतदान सुचारु भएको छ ।

आयोगबाट खटिएका कर्मचारीहरूको रोहबरमा दलका प्रतिनिधिहरूबीच भएको बैठकमा मतदान सुचारु गर्ने सहमति जुटेको हो ।

सहमतिको पहिलो बुँदामा रास्वपाबाट आचारसंहिता उल्लंघन भएको भन्दै उक्त दलका तर्फबाट क्षमायाचना गर्ने उल्लेख छ ।

साथै मतदानस्थलको ३०० मिटर वरपर शान्ति सुरक्षा सुदृढ बनाउने, आचारसंहिता उलंघनबारे मुख्यनिर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने निर्णय पनि भएको छ ।

रास्वपा उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुग्दा उनका समर्थकहरूले नाराबाजी र हुटिङ गरेका थिए ।

निर्वाचनको समयमा नाराबाजी, चुनाव चिह्न प्रचार आदि गर्न पाइँदैन ।​ त्यसक्रममा धकेलाधकेलको स्थिति समेत उत्पन्न भएको थियो ।

हेर्नुहोस्, सहमति पत्र :

null

null

salt training

कमेन्ट गर्नुहोस्