१५ असार २०८३, सोमबार

अछामसहित सुदूरका गाउँगाउँमा पुतला नाचको रौनक

बैशाख १०, २०८०
अछामसहित सुदूरका गाउँगाउँमा पुतला नाचको रौनक

अछामका गाउँघरमा अहिले पुतला नाच (पर्व) सुरु भएको छ । अछामसहित अन्य पहाडी जिल्लाका महिला तथा किशोरीहरु यस नाचमा सहभागी भएका छन् । यहाँका गाउँघरमा पुतला नाच खेल्ने तथा डेउडा खेल्न र पर्व मनाउने गरिएको छ । पुतला नाचले यहाँका गाउँघरमा निकै रौनकता बढाएको स्थानीयवासीहरु बताउँछन् ।

सुदूरपश्चिम प्रदेशलाई चिनाउने विभिन्न कला, संस्कृतिमध्ये पुतला पनि एक मौलिक कला, संस्कृति भएकाले यहाँका किशोरी तथा महिला पुतला खेलमा रमाएका अछामको साँफेबगर  नगरपालिका–१३ का वडाअध्यक्ष रुपबहादुर कुँवरले बताए । सुदूरपश्चिमका डोटी, अछाम, बझाङ तथा बाजुरालगायतका गाउँमा समेत अहिले पुतला खेल (पर्व) सुरु भएको छ । 

    परम्परागत रुपमा चल्दै आएको पर्व पछिल्लो समयमा सुदूरपश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वका रुपमा प्रचारप्रसार हुँदै आएको अछामको मेल्लेख गाउँपालिका–१ रिसिदहकी स्थानीय दुर्गा क्षेत्रीको भनाइ छ । 
    पछिल्लो समय मेला महोत्सव तथा सार्वजनिक कार्यक्रममा छिटपुट रुपमा यो नाच प्रदर्शन गर्ने गरिएको रामारोशन गाउँपालिका–५ का वडाअध्यक्ष केशरबहादुर शाहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्