
तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्लेले प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले पाएको जम्मा मतभन्दा २ हजार बढीले अग्रता लिइरहेका छन् ।
भानु नगरपालिका र आँबु खैरेनी गाउँपालिकाको जारी मतगणनामा स्वर्णिमले ७ हजार २९३ मत ल्याउँदा धेरै तल परेर पछ्याइरहेका कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र एमालेका सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेका छन् ।
कांग्रेस र एमालेका उम्मेदवारले पाएको जम्मा मत ५ हजार ३६८ छ तर २ प्रभावशाली दलका उम्मेदवारले पाएको मतभन्दा स्वर्णिम एक्लैले १ हजार ९२५ बढी मत ल्याएका छन् ।
तनहुँ–१ मा ६३ हजार ७५७ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।