
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले भारी मतान्तरले अग्रता लिएका छन् ।
साढे १६ हजार मत गणना हुँदा वाग्लेले आधाभन्दा बढी मत ल्याएका हुन् ।
पछिल्लो अपडेट अनुसार वाग्लेले ९ हजार २०२ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २१३ मत प्राप्त गरेका छन् ।
एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत मात्रै ल्याएका छन् ।