२४ जेठ २०८३, आइतबार
संसदीय समितिमा सहमतिको प्रयास

सिंहदरबारमा प्रचण्ड, ओली र देउवाको बैठक

बैशाख ११, २०८०
सिंहदरबारमा प्रचण्ड, ओली र देउवाको बैठक

संसदीय समितिमा सहमति जुटाउन प्रधानमन्त्री कार्यालय सिंहरदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक शुरू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक सिंहदरबारमा शुरू भएको हो । 

बैठकमा एमाले संसदीय दलका उपेनता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन् । 

पछिल्लो केही दिनयता प्रधानन्यायाधीशको नियुक्ति, संसदीय समिति गठनसहितका विषयमा कांग्रेस, एमाले र माओवादीबीच छलफल हुँदै आएको छ ।

एमालेले संसदमा आफ्नो हिस्साअनुसार समितिको नेतृत्वका लागि दाबी गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्