२५ जेठ २०८३, सोमबार

एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशतका दरले लाभांश वितरण गर्ने

बैशाख ११, २०८०
एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशतका दरले लाभांश वितरण गर्ने

काठमाडौँ -एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई चुक्ता पूँजीको १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

आइतबार आइतबार धरान उप–महानगरपालिका-८, सुनसरीमा सम्पन्न पाँचौँ वार्षिक साधारण सभाले १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार ४०० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको प्रमुख सूचना अधिकृत अर्जुन श्रेष्ठले जानकारी दिए ।  

उनका अनुसार सभाले आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ । 

संस्थाले स्थापना भएको पाँच वर्ष पूरा गरेसँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको जनाएको छ । लघुवित्त वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८७  शाखा कार्यालयमार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्