०५ साउन २०८३, मंगलबार

संसदभित्र मुख्यमन्त्रीले विश्वासको मत नपाउँदा बाहिर भुक्तानी नपाएको भन्दै प्रदर्शन

बैशाख ११, २०८०
संसदभित्र मुख्यमन्त्रीले विश्वासको मत नपाउँदा बाहिर भुक्तानी नपाएको भन्दै प्रदर्शन

दाङको राप्ती उपत्यकास्थित लुम्बिनी प्रदेशसभा भवन निर्माण गरेको रकम भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायले प्रदेशसभा गेट अगाडि प्रदर्शन गरेका छन् ।

सोमवार लुम्बिनी प्रदेश सरकार ढल्ने वा रहने भन्ने टुंगो लगाउन मुख्यमन्त्री लिला गिरीले मागेको विश्वासको मतमाथि प्रदेश सभाभित्र मत विभाजन भइरहँदा प्रदेशसभा भवन बाहिर निर्माण व्यवसायीले भुक्तानी माग गर्दै प्रदर्शन गरेका हुन् । मुख्यमन्त्री गिरीले संसदमा विश्वासको मत पाएनन् ।
 
प्रदेशसभा भवन निर्माण भई प्रयोगमा आएको ६ महिना बितिसक्दा पनि भवन निर्माण गरेका निर्माण व्यवसायीले भुक्तानी पाएका छैनन् । निर्माण व्यवसायीहरूले प्रदेशसभा भवन निर्माण, मन्त्रालय व्यवस्थापन एवं कर्मचारीहरूको निवास लगायत व्यवस्थापन गरे बापतको १२ करोड बढी रकम भुक्तानी पाउन बाँकी रहेको जनाएका छन् ।

सोमवार निर्माण व्यवसायीहरू सुरेश घिमिरे, शरद गिरी, मुक्त जिसी, राजेन्द्र श्रेष्ठ, अभिनास भट्टराई, हिमाल अधिकारी लगायतले भुक्तानी पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

उनीहरूले पहिलो दिन सांकेतिक रूपमा प्लेकार्डसहित प्रदर्शन गरेका र भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्