०७ असार २०८३, आइतबार
उपनिर्वाचन मतगणना

बारा–२ अपडेट : ५ हजार ८३२ मत गणना हुँदा कसको कति मत ?

बैशाख ११, २०८०
बारा–२ अपडेट : ५ हजार ८३२ मत गणना हुँदा कसको कति मत ?

बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् ।

हालसम्म ५ हजार ८३२ मत गणना हुँदा यादवले २ हजार ८३ मत पाएका छन् भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा १ हजार ८५७ मतसहित पछ्याइरहेका छन् ।

दुवैको मतान्तर २२६ रहेको छ । उपेन्द्रले लगातार अग्रता बढाउँदै गएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलको मत ७३३ रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रमेश खरेलले २८० मत पाएका छन् ।

हालसम्मको रुझान हेर्दा बारामा जसपा र जनमतबीच कडा टक्कर देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्