२३ जेठ २०८३, शनिबार
रास्वपाको विजय

खोसियो कांग्रेसको एक सिट, संसदमा थपिए रास्वपाका सांसद

बैशाख १२, २०८०
खोसियो कांग्रेसको एक सिट, संसदमा थपिए रास्वपाका सांसद

तनहुँ–१ मा कांग्रेसले आफ्नो सिट गुमाएको छ । मंसिर ४ को निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल विजयी भएकामा उनी राष्ट्रपति चयन भएसँगै आइतबार उपनिर्वाचन भएको थियो । 
तर सो क्षेत्रमा कांग्रेसकै पूर्वनेता तथा चुनावको मुखमा रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले विजयी हुन पुगे । मंगलबार प्राप्त नजिजा अनुसार उनी भारी मतान्तरका साथ विजयी भएका हुन् । 

यससँगै तनहुँ–१ बाट कांग्रेसको सिट खोसिएको छ भने रास्वपाले प्रतिनिधिसभामा एक सिट थपेको छ । चितवनमा पनि रास्वपाका उम्मेदवार रवि लामिछानेको जित निश्चित रहेकाले रास्वपाको सिट थपिने निश्चित भएको हो।  

मंसिर ४ को निर्वाचनमा पौडेल २५ हजार ३६१ मतका साथ विजयी भएकामा यो पटक कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको कमजोर प्रदर्शन रह्यो । उनले २०१२२ मत मात्रै प्राप्त गरे । 
विजयी भएका वाग्लेले ३४९१९ मत प्राप्त गरे । 

तनहुँमा ६५३१६ मत खसेको थियो भने सदर मत ६४१३५ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा ११८१ मत बदर भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्