२३ जेठ २०८३, शनिबार

नेपालमा शक्तिशाली भूकम्प भएको ८ वर्ष पूरा

बैशाख १२, २०८०
नेपालमा शक्तिशाली भूकम्प भएको ८ वर्ष पूरा

काठमाडौँ । नेपालमा शक्तिशाली भूकम्प गएको आज आठ वर्ष पुरा भएको छ । गत २०७२ साल वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा विनाशकारी भूकम्प गएको थियो । 

 गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७‍‍.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा ८ हजार भन्दा बढीले ज्यान गुमाएका थिए भने अर्बौँको क्षति भएको थियो । 

भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए । सो भूकम्पबाट खलढुङगा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अति प्रभावित भएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्