२३ जेठ २०८३, शनिबार
सरकारबारे रवि

सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं – रवि लामिछाने

बैशाख १२, २०८०
सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं – रवि लामिछाने
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नतृत्वको सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन् । 

विभिन्न कालखण्डमा भएका भ्रष्टाचार छानबिन गर्ने सहमतिबाट सरकार पछि हटेकाले पुनर्विचार गर्नुपर्ने अवस्था आएको उनले बताए । वर्तमान गठबन्धन सरकारको न्यूनतम् साझा कार्यक्रमबाट उक्त विषय हटाइएकोप्रति इंगित गर्दै रविले यस्तो बताएका हुन् । 

चितवन– २ मा पुनःनिर्वाचित हुने निश्चित भएपछि मंगलवार मतगणना स्थलमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले सरकारलाई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्ने बताए ।

‘सरकारलाई दिएको समर्थनको औचित्य अब पुष्टि हुनुपर्छ होला । सरकारमा सहभागी हुँदा हामी विभिन्न मुद्दामा लिखित सहमति गरेर गएका थियौं,’ पत्रकारको जिज्ञासामा लामिछानेले भने, ‘विभिन्न कालखण्डमा भएका भ्रष्टाचारको मुद्दा हटेकाले पुनर्विचार गर्छौं । राजनीतिक दलले अस्थिरताका लागि सचेत हुनुपर्छ, तर मुद्दा छाड्न सकिँदैन ।’

उनले तत्काल सरकारमा जाने सम्भावना नरहेको पनि बताए । चैत ६ गते प्रतिनिधिसभामा भएको मतदानमा रास्वपाले प्रधामनन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्