२७ जेठ २०८३, बुधबार

रविसँग हारेपछि कांग्रेसका जीतनारायण भन्छन्–घात अन्तर्घातले हारेको होइन, पुराना दलमा जनताले परिवर्तन खोजे

बैशाख १२, २०८०
रविसँग हारेपछि कांग्रेसका जीतनारायण भन्छन्–घात अन्तर्घातले हारेको होइन, पुराना दलमा जनताले परिवर्तन खोजे

चितवन २ को उपनिर्वाचनमा रवि लामिछानेसँग फराकिलो मतान्तरले पराजित भएका कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले अन्तर्घात नभइ पुराना दलमा नागरिकले परिवर्तन खोजेको बताएका छन् । रविलाई जितको बधाई दिँदै श्रेष्ठले आम जनताले पुराना दलमा परिवर्तन खोजेको र सच्चिनका लागि दबाब दिएको बताएका हुन् । 

‘यो मतलाई सम्मान गर्नुपर्छ । किनकी हामी लोकतन्त्रलाई सम्मान गर्ने पार्टी हौं । जनमतलाई स्वीकार गर्छु । जनताले परिवर्तन चाहेको कुरालाई यसले देखाएको छ । परम्परागत दल पुरानो होइन नयाँ ढंगबाट पार्टी संचालन र जनताको सेवामा लाग्नुपर्छ’ श्रेष्ठले रविसँगै उभिएर भने, ‘अझै मैंले जनताको बीचमा काम गर्न बाँकी रहेछ भन्ने परिणामले देखायो । तर घात र अन्तर्घातले म हारेको होइन । तनहुँको चुनावले पनि देखाएको छ कि राष्ट्रिय र पुराना दलप्रति आम जनताले परिवर्तन खोजेका छन् । दललई सच्चिनको लागि दबाब हो । जनताले परिवर्तन खोजेको कुरा र हाम्राे कमीकमजोरीलाई सच्याउँनुपर्छ ।’ 

नयाँ जोश र जाँगरका साथ हिँडेका रविलाई आफ्नो सहयोग हुने पनि उनले बताए ।  

‘रविजी जोश र जाँगरसाथ हिड्नुभएको छ । म प्रतिस्पर्धी उम्मेदवारको हैसियतले उहाँले गर्ने हरेक रचनात्मक कामलाई सहयोग गर्छु । उहाँँको जिम्मेवारी बढी छ । मैंले गर्नुपर्ने सहयोग दलबाट माथि उठेर गर्न पनि तयार छु’, उनले भने, ‘उहाँ युवा हुनुहुन्छ । राष्ट्रले अपेक्षा गरेको छ । उहाँ अब मेरो पनि प्रतिनिधि हो ।’ 

salt training

कमेन्ट गर्नुहोस्