०८ साउन २०८३, शुक्रबार
बारा- २ : उपनिर्वाचन

बारामा झण्डै ५ हजारले पछाडि परेपछि मतपेटिका राखिएको कोठाको चाबी बोकेर हिँड्यो जनमत

बैशाख १२, २०८०
बारामा झण्डै ५ हजारले पछाडि परेपछि मतपेटिका राखिएको कोठाको चाबी बोकेर हिँड्यो जनमत

बारा क्षेत्र नम्बर २ को मतगणना अवरुद्ध भएको छ ।

जनमत पार्टीका प्रतिनिधि मतपेटिका रहेको कोठामा चाबी बोकेर हिँडेपछि गणना अवरुद्ध भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले माइकिङ गरेर चाबी उपलब्ध गराउन जनमतका प्रतिनिधिसँग अपिल गरिरहेको छ ।

तर, जनमतका प्रतिनिधिले चाबी उपलब्ध गराएका छैनन् ।

पछिल्लो अपडेट अनुसार जनमतका शिवचन्द्र कुशवाहाभन्दा जसपाका उपेन्द्र यादव झण्डै ५ हजार मतान्तरले अगाडि छन् ।

निर्वाचन आयोगका अनुसार उपेन्द्रले १४ हजार १८० मत प्राप्त गर्दा कुशवाहाले ९ हजार ३२६ मत पाएका छन् ।

एमालेका पुरुषोत्तम पौडेल ४ हजार ७९३ र रास्वपाका रमेश खरेलले २ हजार ५१ मत पाएका छन् ।

आम जनता पार्टीका अरुण ज्ञवालीले १६ सय २७ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्