
अमेरिकाको अलास्कामा रहेको एक सिनेमाघरमा हरिण पसेर पपकर्न खाएको भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ ।
केनाइ नामक स्थानको सिनेमाघरमा हरिण पसेर बटर हालेको पपकर्न खाएको थियो ।
घटनाको भिडियोमा हरिणले पपकर्न भेटेर त्यही खाइरहेको देखिन्छ ।
हरिण सिनेमाघरमा लगभग १० मिनेट रहेको थियो । त्यसपछि कर्मचारीहरूले त्यसलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए ।