०१ साउन २०८३, शुक्रबार

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

बैशाख १२, २०८०
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् ।​

मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनलाई पार्टीले निष्कासन गरेको जानकारीसहितको सूचना पढेर सुनाएसँगै उनी पदमुक्त बनेका हुन् ।

सांसद श्रेष्ठलाई पदमुक्त गराउन रास्वपाले संघीय संसद सचिवालयमा गरेको पत्राचारअनुसार उनको पद रिक्त भएको सभामुख घिमिरेले जानकारी दिए ।

सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५ (१) बमोजिम संसदलाई जानकारी गराएका हुन् ।

मन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडिओ बाहिरिएपछि रास्वपाले उनलाई सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्