
पर्साको वीरगञ्ज महानगरपालिका–१२ हरियाली रेस्टुरेन्ट अगाडि बाईपास सडक खण्डबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक आशुतोषबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित १ जनालाई पक्राउ गरेको हो ।
वीरगञ्ज महानगरपालिका–१६ बस्ने २५ वर्षीय बब्लु पाठकले भारतबाट वीरगञ्जतर्फ चलाई ल्याएको अवस्थामा ना१ज २०३७ नम्बरको टाटा सुमो रोकी चेकजाँच गर्दा गाडीको ईन्जिन माथिको बर्नटको दुवैपट्टिको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाइछिपाई राखेको अवस्थामा प्रतिबन्धित लागूऔषध फेनारगन १४०० एम्पुल, डाइजेल्याब १४०० एम्पुल र नुरफिन १४०० एम्पुल गरी जम्मा ४२०० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
लागूऔषध र गाडीसहित पाठकलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।