०३ साउन २०८३, आइतबार

म्यानचेस्टर सिटी र आर्सनलबीच आज हुने भिडन्तले निर्धारण गर्नेछ प्रिमियर लीग उपाधि

बैशाख १३, २०८०
म्यानचेस्टर सिटी र आर्सनलबीच आज हुने भिडन्तले निर्धारण गर्नेछ प्रिमियर लीग उपाधि

म्यानचेस्ट सिटी र आर्सनल प्रिमियर लीगको उपाधिको लगभग छिनोफानो हुने खेलका लागि बुधवार भिड्न गइरहेका छन् । 

अहिले गनर्स भनिने आर्सनल अंकतालिकामा पाँच बढी अंकका साथ शीर्ष स्थानमा छ । तर उसका खेलाडीहरूले दोस्रो स्थानको सिटीले भन्दा दुई गेम बढी खेलिसकेका छन् । 

सिटीको एतिहाद स्टेडियममा हुने जीतले उपाधि जित्ने बाटोलाई निकै हदसम्म सहज बनाउने कुरा दुवै क्लबलाई थाहा छ । 

मिकेल आर्टेटाको प्रशिक्षणमा रहेको आर्सनलले पछिल्लोपटक दुई दशकअघि सन् २००३–०४ को सीजन जितेको थियो । 

उता पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले विगत ६ वर्षमा पाँचपटक प्रिमियर लीग उपाधि जितिसकेको छ । यो वर्ष सिटीले लीग मात्र नभई एफए कप र च्याम्पियन्स लीग पनि जित्ने आशा गरिरहेको छ । 

हुन त दुवै क्लबका व्यवस्थापकले आजको खेलबाट प्रिमियर लीगको उपाधि निर्धारण नहुने बताइरहेका छन् । 

तर निल्सन ग्रेसनोट नामक डेटा विश्लेषक कम्पनीले यो खेल जितेमा उपाधि जित्नका लागि सिटीको ७९ प्रतिशत सम्भावना रहने जनाएको छ । तर आर्सनलले यो खेल जितेमा उसको उपाधि जित्ने ५५ प्रतिशत सम्भावना रहेको निल्सन ग्रेसनोटको भनाइ छ । 

आर्सनलले आजको खेल जितेछ भने पनि उपाधिका लागि ढुक्क हुन अन्तिमका पाँच खेल जित्नैपर्छ । सिटीले खेल जित्यो भने चाहिँ अन्तिम सातमध्ये ६ वटामा जिते पनि उपाधि पोल्टामा पार्न सक्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्