२४ असार २०८३, बुधबार

लोकसेवा आयोगमा दरखास्त दिएका चार लाख आवेदकको डाटा हरायो

बैशाख १४, २०८०
लोकसेवा आयोगमा दरखास्त दिएका चार लाख आवेदकको डाटा हरायो

लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क (डाटा) हराएको छ । राष्ट्रिय सूचना प्रबिधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा हराएको हो।

 डाटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भए पनि डाटा रिकभर हुने/नहुने यकिन गर्न सकिने अवस्थामा नरहेको जबाफ केन्द्रले सम्बन्धित निकायलाई दिएको बताइएको छ ।

लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले तीन महिनायता आयोगले पुरानो ब्याकअपबाट काम चलाउँदै आएको जनकारी दिए । “कात्तिक, मङ्सिर र पुसको डाटा अहिले आयोगसँग छैन। यस अवधिमा करिब चार लाख दरखास्त परेका थिए” उनले भने, “नयाँ खाता बनाएर दरखास्त दिने करिब १६ हजारको डाटा हामीसँग केही पनि छैन। आयोगले केन्द्रसँग यस वर्षको सबै डाटा चाँडो रिकभर गर्न पत्राचारका साथै दबाब दिइरहेको छ तर केन्द्रले प्रयास गरिरहेको छौं भनेर अल्झाइरहेको छ।' गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्