२३ असार २०८३, मंगलबार

अनशनरत घिमिरेको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

बैशाख १४, २०८०
अनशनरत घिमिरेको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले किसान श्रीराम घिमिरेको जीवन रक्षा गर्न माग गरेको छ । आयोगले बिहीवार एक विज्ञप्ति जारी गर्दै आमरण अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरु पूर्णरुपमा अनुदान उपलब्ध गराउन माग गर्दै नुवाकोटका किसान घिमिरे बैशाख ५ गतेदेखि काठमाडौंको भूगोलपार्कमा आमरण अनशनमा बसेका छन् ।

आयोगले अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न, किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिसहरुको कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।​

घिमिरेको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्