
विद्यार्थीलाई आन्तरिक मूल्याङ्कनमा दिएको अंकका कारणले रात्न राज्यलक्ष्मी क्याम्पस (आरआर)का प्राध्यापकले राजीनामा दिनु परेको छ ।
४ वर्षे बीए प्रथम वर्षका विद्यार्थीको आन्तरिक मूल्याङ्कन अन्तर्गत ३० पूर्णाङ्कको अंकभार प्राध्यापकले क्याम्पस प्रशासनलाई बुझाएका थिए । तर प्रशासनले ४ वर्षे बीएको अनिवार्य अङ्ग्रेजी विषयका २०७७ मा भर्ना भएका ९० प्रतिशत विद्यार्थी फेल गराएपछि विवाद उत्पन्न भएको थियो ।
प्राध्यापक लोकनाथ कोइरालाले विद्यार्थीहरूको कक्षामा लिएको आन्तरिक मूल्याङ्कनको सम्पूर्ण कागजात विद्यार्थीहरूले गरेको प्रयोगात्मक परीक्षाको उत्तर पुस्तिकासमेत क्याम्पस प्रशासनलाई बुझाएका थिए ।
तर प्रशासनलाई बुझाएको उत्तर पुस्तिाकाहरु हराएपछि आफूखुशी अंक दिँदा ९० प्रतिशत विद्यार्थी फेल हुन पुगेका आरआर विद्यार्थी संगम राईले बताए ।
कोइरालाले आन्तरिक मूल्याङ्कनको नम्बर हरारपछि आफैलाई प्रश्न उठाएको भन्दै बिहीवार क्याम्पस प्रशासन समक्ष राजीनामा दिएका हुन् ।