०९ साउन २०८३, शनिबार
नयाँ सरकार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

बैशाख १४, २०८०
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

बिहीवार लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले नेता लिला गिरी नेतृत्वको सरकार वैशाख ११ गते अल्पमतमा परेर ढलेसँगै लुम्बिनीले ३ महिनामै दोस्रो सरकार पाएको छ ।  

नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नेकपा एकीकृत समावादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद गरी ५३ सांसदको समर्थनमा चौधरीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । चौधरीलाई कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा) का ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३, जनमत पार्टीका २, नेकपा एकीकृत समाजवादीका १, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र १ गरी ५३ सांसदको समर्थन छ ।

चौधरी यसअघि प्रदेशको पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री थिए । चौधरी दाङ प्रदेशसभा ३(१) बाट निर्वाचित सांसद हुन् । 

चौधरी पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् । लुम्बिनीमा कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्