०८ असार २०८३, सोमबार

चीन र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

बैशाख १४, २०८०
चीन र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधवार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन–युक्रेन सम्बन्ध र युक्रेन संकटका विषयमा टेलिफोन वार्ता गरेका छन् ।

राष्ट्रपति सीले युक्रेन संकट समाधानका निम्ति वार्ता नै एक मात्र व्यावहारिक उपाय भएको बताउँदै आणविक युद्धमा कसैको जीत नहुने धारणा राखेका छन् ।

चीनले युरेसियाली मामिला सम्बन्धी चिनियाँ सरकारको विशेष प्रतिनिधिलाई युक्रेन र अन्य देशको भ्रमण गर्न पठाउने र जारी संकटको राजनीतिक समाधानका लागि सबै पक्षहरूसँग गहिरो समन्वय गर्न पनि उनले  बताए ।

युक्रेन संकटमा चीन सधैं शान्तिको पक्षमा उभिएको  र यसको मुख्य अडान शान्तिको लागि वार्तालाई सहज बनाउनु रहेको पनि राष्ट्रपति सीको धारणा छ ।

उनले ४ बुँदे प्रस्तावहरूमा अन्तरराष्ट्रिय समुदायले मिलेर गर्नुपर्ने ४ वटा कुरा र ३ वटा अवलोकनहरू उल्लेख गरेका छन् । प्रस्तावनामा चीनले युक्रेन संकटको राजनीतिक समाधानबारे आफ्नो स्थिति  सार्वजनिक गरेको पनि उल्लेख गरेका छन् ।

‘चीनले न त युक्रेन संकट सिर्जना गरेको हो, न त यो संकटको पक्षमा छ,’ सीले भने, ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य र जिम्मेवार प्रमुख देशको रूपमा चीन चुपचाप बस्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्