
प्रतिनिधि सभाको बैठक आज शुक्रवार बस्दैछ ।
शुक्रवार दिउँसो १ बजे बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएको छ ।
शुक्रवारको बैठकमा सभामुख देवराज घिमिरेले १० वटा विषयगत समितिमा रहने प्रतिनिधि सभाका सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रमुख राजनीतिक दलहरूबीच समितिको नेतृत्वको सम्बन्धमा भागबण्डा मिलेपछि प्रतिनिधिसभा बैठकबाट सदस्यहरू मनोनयन गरिँदैछ ।
