
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित ४ मन्त्रीले शपथ लिएका छन् । सत्ता गठबन्धनको लामो छलफलपछि उनीहरुले शुक्रवार शपथ लिएका हुन् ।
नेपाली कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले शपथ लिएका हुन् ।
उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका थिए । तीनजना मन्त्रीहरुले बिना विभागीय मन्त्रीकोरुपमा शपथ लिएका हुन् ।
मुख्यमन्त्री चौधरी दाङ ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
मास्की दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख), पाण्डे रुपेन्देहीको क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) र चौधरी बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट गत मंसिर ४ मा निर्वाचित भएका थिए।
मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिने र थप मन्त्री बनाउनेबारे पछि छलफल गरेर निर्णयमा पुग्ने मुख्यमन्त्री चौधरीको तयारी छ।