०५ साउन २०८३, मंगलबार

एमालेले बोलायो आकस्मिक पत्रकार सम्मेलन

बैशाख १५, २०८०
एमालेले बोलायो आकस्मिक पत्रकार सम्मेलन

देशको शान्ति सुरक्षालगायत समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न नेकपा एमालेले शुक्रवार आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा अपरान्ह ४ बजेका लागि पत्रकार सम्मेलन बोलाइएको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पत्रकार सम्मेलनमार्फत् मुलकको शान्ति सुरक्षा, अर्थतन्त्र लगायतबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्