०५ साउन २०८३, मंगलबार

अभिनेत्री जिया खान आत्महत्या मामिला, सुरज पंचोलीले पाए सफाइ

बैशाख १५, २०८०
अभिनेत्री जिया खान आत्महत्या मामिला, सुरज पंचोलीले पाए सफाइ

बलिउड अभिनेत्री जिया खानले आत्महत्या गरेको मुद्दामा अभिनेता सुरज पंचोलीले सीबीआई अदालतबाट शुक्रवार सफाइ पाएका छन् । 

आत्महत्या दुरुत्साहनको मुद्दामा सुरजविरुद्ध प्रमाण फेला नपरेको भन्दै अदालतले सफाइ दिएको हो । 

सन् २०१३ को जुन ३ मा जिया आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । मुम्बईको जुहु प्रहरीले सुरजलाई जुन १० मा पक्राउ गरी लगभग एक महिना हिरासतमा राखेको थियो । 

पछि बम्बे उच्च अदालतले उनलाई धरौटीमा रिहा गराइदिएको थियो । 

सुरजले सीबीआई अदालतमा पेश गरेको अन्तिम बयानमा आफूविरुद्धको अनुसन्धान र अभियोगपत्र झूटो रहेको बताएका थिए । वादी राबिया खानको उक्साहटमा अभियोजन पक्षका साक्षीहरूले आफूविरुद्ध बयान दिएको उनको भनाइ थियो । 

सुरजलाई अदालतले दोषी ठहर गर्ने प्रमाण नरहेको भन्दै सफाइ दिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्