०७ साउन २०८३, बिहीबार
प्रतिनिधिसभा बैठक

संसदमा एमालेको चेतावनी– अयोग्य लडाकूका नाममा देश लुट्ने काम भए चुपचाप बस्दैनौं

बैशाख १५, २०८०
संसदमा एमालेको चेतावनी– अयोग्य लडाकूका नाममा देश लुट्ने काम भए चुपचाप बस्दैनौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अयोग्य लडाकूको नाममा राज्यकोषबाट रकम बाँड्न लागिएको प्रति आपत्ति जनाएको छ । यो निर्णय फिर्ता नभए चुप लागेर नबस्ने एमालेको चेतावनी छ ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले प्रमुख सचेतक पदम गिरीले देशको अर्थतन्त्र धरासायी भएको समयमा अयोग्य लडाकूका नाममा पैसा बाँड्ने निर्णय स्वीकार्य नभएको बताए । 

‘अनमिनको प्रमाणीकरणमा हुँदै नभएका लडाकूको नाममा माओवादी नेतृत्वले यसअघि नै ९५ करोड लगेको थियो । त्यसको हिसाबकिताब छैन । महालेखाले प्रश्न उठाएको थियो,’ गिरीले भने, ‘अहिले गरीबले नूनतेल किन्न नसक्ने अवस्थामा राज्य कोषबाट २ लाखका दरले पैसा दिने भन्ने निर्णय गरिएको छ । दिनदहाडै देश लुटिएको छ । यो निर्णय फिर्ता गर्नुपर्छ । हाम्रो यो शदासयतालाई सुन्ने काम भएन भने यसकाविरुद्ध जस्तोसुकै कदम चाल्न बाध्य हुनेछौं ।’

यसअघि बिहीवार मन्त्रिपरिषद् बैठकमार्फत कार्यविधि संशोधन गर्दै सरकारले अयोग्य लडाकूलाई प्रतिव्यक्ति २ लाख दिने निर्णय गरेको समाचार प्रकाशित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्