१९ असार २०८३, शुक्रबार

जनमतको कदर गर्दै रवि लामिछानेलाई रोजेको मन्त्रालय दिउँः मन्त्री किराती

बैशाख १५, २०८०
जनमतको कदर गर्दै रवि लामिछानेलाई रोजेको मन्त्रालय दिउँः मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनु पर्ने बताएका छन् ।

शुक्रवार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।  

होटल पौवामा आयोजित होटल सेवा व्यवस्थापनसम्बन्धी तालिम उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ । त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’

हजारौं जनताको बलिदानीबाट प्राप्त व्यवस्थाले अझै जरा गाड्न नसक्दा जनताको दैनिकी दयनीय बन्दै गइरहेको उनको भनाइ थिायो ।

‘देशको अर्थतन्त्र जरजर अवस्थामा छ, यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौँ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो । यो जनताको आक्रोस हो । मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो । हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ’ मन्त्री किरातीले भने ।

salt training

कमेन्ट गर्नुहोस्