१० साउन २०८३, आइतबार

शुक्रवार लुम्बिनीको मुख्यमन्त्रीमा शपथ खाएका चौधरीले सोमवार नै विश्वासको मत लिने

बैशाख १५, २०८०
शुक्रवार लुम्बिनीको मुख्यमन्त्रीमा शपथ खाएका चौधरीले सोमवार नै विश्वासको मत लिने

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबादुर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन् ।

सरकारलाई छिटो पूर्णता दिनेगरी तत्कालै विश्वासको मत लिने भएका हुन् ।

शुक्रबार पद तथा गोपनियताको शपथ पश्चात देउखुरीमा पदभार ग्रहणपश्चात बसेको मन्त्रिपरिषदको बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । सोमवार विश्वासको मत लिएपछि मंगलबार भित्र सरकारलाई पूर्णता दिने योजना मुख्यमन्त्रीले बनाएका छन् । 

यस्तै मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सृजना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पु¥याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय गरेको छ ।

बुटवलमा सपथ लिएर उनले राजधानीमा पदबहाली गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्