०९ असार २०८३, मंगलबार

भोलि स्वदेश फर्किँदै कांग्रेस नेता भण्डारी

बैशाख १६, २०८०
भोलि स्वदेश फर्किँदै कांग्रेस नेता भण्डारी
फाइल तस्बिर

भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी वैशाख १७ (आइतबार) स्वदेश फर्किने भएका छन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किन लागेका हुन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत् स्वदेश फर्किने डा भण्डारीनिकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् । पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको उनले बताए । भण्डारी बोल्ने र हिँड्डुल गर्न थालेका छन् ।

आगलागीमा परी सांसद डा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्