१५ असार २०८३, सोमबार

बैतडीमा बाख्रालाई पिपिआरविरुद्धको खोप

बैशाख १६, २०८०
बैतडीमा बाख्रालाई पिपिआरविरुद्धको खोप
फाइल तस्बिर

बैतडीमाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा पिपिआरविरुद्धको खोप लगाइएको हो । 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पिपिआर रोगबाट बचाउन बाख्रालाई खोप लगाइएको हो ।  केन्द्रले जिल्लाका १० वटै स्थानीय तहमा बाख्रालाई लगाउन पिपिआर खोप पठाइएको र सोहीअुनसार लगाइएको जनाएको छ । यो अभियान दुई महिनासम्म सञ्चालन भएको थियो । 

पिपिआर रोगबाट बाख्रालाई बचाउन जिल्लाभारी  खोप अभियान सञ्चालन गरिएको प्रमुख पन्तले बताए । उनले भने, 'बाख्रामा पिपिआर रोग लागेमा ८० प्रतिशत मर्ने सम्भावना रहेकाले त्यो रोगबाट बचाउन खोप अभियान सञ्चालन गरिएको हो । क्षति नहोस भनेर सरकारले पिपिआर खोप लगाउने कार्यलाई प्राथमिकतामा राखेको छ ।”

बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, र्‍याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने गर्दछन् । गत वर्ष पनि बाख्रालाई पिपिआर खोप दिइएको थियो । जिल्लाभरि किसानले करिब डेढ लाखको हाराहारीमा बाख्रा पालेको र दुई सय बढी व्यावसायिक बाख्रापालक किसान कार्यालयमा सूचीकृत रहेका पन्तले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्