२१ असार २०८३, आइतबार
एसीसी प्रिमियर कप

तीन ओभरमा नेपाललाई लगातार तीन विकेटको झट्का

बैशाख १६, २०८०
तीन ओभरमा नेपाललाई लगातार तीन विकेटको झट्का

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध लगातार तीन विकेट गुमाएको छ ।  शानदार ब्याटिङ सुरुवात गरेको नेपालले तीन ओभरमा तीन विकेट गुमाएको हो ।

सुरुमा अर्धशतकनजिक पुगेका ओपनर कुशल भुर्तेलको विकेट गुमाएको थियो । १०.५ ओभरमा नेपालको ७७ रन हुँदा भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भए । 

११.३ ओभरमा भीम सार्की चार बलमा एक रन बनाएर आउट भए । त्यस्तै १२.१ ओभरमा आशिफ शेख पनि आउट भएका छन् उनले २८ बलमा ३१ रन बनाए । 

अहिले कुशल मल्ल र रोहित पौडेल ब्याटिङ गरिरहेका छन् । 

कमेन्ट गर्नुहोस्