०९ साउन २०८३, शनिबार

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

बैशाख १६, २०८०
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।

वर्षाले तीनपटकसम्म बिथाेलेको खेल आफ्नै नियन्त्रणमा हुनुको बाबजुद रद्द हुँदा पनि नेपाल फाइनलमा पुगेको हो ।

खेल रद्द भए पनि नेपाल प्रतियाेगितामा समूह एको विजेता बन्दै फाइनलमा पुगेको हो ।

५ बजेभित्र ओभर छोट्याउने, सुपर ओभरबाट छिनोफानो गर्ने विकल्प भए पनि वर्षा नरोकिंदा खेल रद्द नै हुन पुगेको हो ।

टस हारेर पहिले नेपालले ब्याटिङ गर्दा दुईपटक वर्षाले खेल रोकेको थियो । पहिलोपटक रोकिँदा खेल ४५ ओभरमा घटाइयो । तर खेल शुरू हुनै लाग्दा फेरि पानी परेपछि ४२ ओभरमा झारियो । 

४२ ओभरमा घटेको खेलमा नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ९४ रनको पारी खेलेपछि नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दियो ।

नेपालका लागि कुशल मल्लले ४४ बलमा ५७ रन, कुशल भुर्तेलले ३९ बलमा ४३ रन र आशिफ शेखले २८ बलमा ३१ रन बनाए ।

आरिफ शेखले १९, सोमपाल कामीले १३, सन्दीप लामिछानेले ५ रन बनाए । भीम सार्कीले १ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले खाता नै नखोली पहिलो बलमै आउट हुन पुगे ।

नेपालविरुद्ध चुनौतीपूर्ण लक्ष्य पछ्याएको कुवेतले शुरुका तीन ओभरभित्रै तीन विकेट गुमायो । उसले ८.३ ओभर खेल्दा ३७ रन बनाउने क्रममा ६ विकेट गुमाएपछि कीर्तिपुरमा भारी वर्षा हुँदा खेल रोकियो । ५ बजेसम्म पनि खेल हुने अवस्था नरहेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्