
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कपको फाइनलमा पुगेको नेपाली टोलीलाई सरकारले उचित सम्मान गर्ने बताएका छन् ।
प्रतियोगितामा समूह 'ए' को विजेता बन्दै फाइनलमा पुगेको नेपाली टोलीलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई। क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले सामाजिक सञ्जाल फसबुकमा लेखेका छन् ।
वर्षाले तीनपटकसम्म बिथोलेको खेल आफ्नै नियन्त्रणमा हुनुको बाबजुद रद्द हुँदा नेपाल सोझै फाइनलमा पुगेको थियो । एसीसी प्रमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्ने छन् ।