२६ असार २०८३, शुक्रबार

थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२ हजार ३० पुग्यो

बैशाख १६, २०८०
थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२ हजार ३० पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार उपचारका क्रममा शनिबार उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ३० पुगेको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार शनिवार एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै ३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमित तीन सय ६१ जना छन् । 

यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसीयू) मा आठ र भेन्टिलेटरमा एक जना उपचारत रहेका मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्