०६ साउन २०८३, बुधबार

रास्वपा सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी

बैशाख १७, २०८०
रास्वपा सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने तयारी भएको छ ।

दलको नेता रहेका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । अब सभापति लामिछाने दलको नेता बन्नेछन् ।

शनिवार बसेको संसदीय दलको बैठकमा अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । पार्टी संसदीय दलको बैठक भोलि सोमवार बसेर पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिए ।

वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट सभापति लामिछाने निर्वाचित भएसँगै शुक्रवार शपथ लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्