१६ असार २०८३, मंगलबार

कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किँदै

बैशाख १७, २०८०
कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किँदै

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने भएका छन् । 

गत फागुन ३ गते राति बुद्धनगरस्थित आफ्नै निवासमा ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् । 

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत् स्वदेश फर्कन लागेको डा भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्